सरकारले वि.सं. २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारीसाधनलाई विद्युतीय साधनले विस्थापित गर्ने रणनीति लिएको छ।
आज अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा यस्तो घोषणा गरेका हुन्। यसका लागि आवश्यक रणनीति, पूर्वाधार तथा योजना बनाएर सुझाव दिनका लागि विज्ञ समूह गठन गरिने भएको छ।
पेट्रोलियम पदार्थबाट चल्दै आएका सवारीलाई विद्युतीय सवारी साधनमा परिणत गरेमा ५ वर्षसम्म नवीकरण शुल्क र सडक दस्तुर छुट पाउने व्यवस्था गरिने पौडेलले बताए।
त्यस्तै नेपालमै विद्युतीय सवारीसाधन उत्पादन एवम् एसेम्बिलङ गर्नका लागि विश्वका १० वटा उत्कृष्ट कम्पनीलाई आकर्षित गर्ने लक्ष्य सरकारले लिएको छ।