चालु वर्षको बजेटबाट बिजुली कारमा थपिएको कर आगामी वर्षको बजेटबाट सरकारले हटाइदिएको छ।
आगामी वर्षको बजेट तथा आर्थिक अध्यादेशबाट सरकारले बिजुली कारमा थपिएको अन्त:शुल्क खारेज गरेको छ भने भन्सार दर घटाएको छ।
चालु वर्षको बजेटबाट तत्कालि अर्थमन्त्री युवराज खतिवडाले एकैपटक करिब २ सय प्रतिशतसम्म कर पुर्याएका थिए।
तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक ऐनबाट बिजुली कारको समग्र कर १९८ प्रतिशतसम्म पुर्याइदिएका थिए।
आगामी वर्षको बजेटबाट अर्थमन्त्री विष्णु पौडेलले अन्त:शुल्क खारेज गरेका छन् भने भन्सार दर पनि घटाएका छन्।
अघिल्लो वर्षमात्र सरकारले बिजुली कारको ब्याट्री क्षमताको आधारमा ८० प्रतिशतसम्म अन्त:शुल्क लगाएको थियो। त्यसरी कर लगाएपछि बिजुली कारको आयात रोकिएको थियो।
कर बढेको र यसै पनि महंगो हुने बिजुली कार नेपालमा बिक्री नहुने भन्दै व्यवसायीहरुले भन्सारबाट कार पास गराएका अझैसम्म छैनन्।
अबदेखि सबै बिजुली कारमा १३ प्रतिशत मूल्यअभिबृद्धि कर लाग्ने छ। भन्सार भने क्षमताअनुसार हुने छ। नयाँ भन्सारदर अनुसार १५० किलोवाट पिकआवर क्षमता भएका कारमा १० प्रतिशत भन्सार लाग्ने छ।
त्यसपछि भने क्षमताअनुसार भन्सारदर बढ्दै जाने छ। यसमा १५०-२०० किलोवाट क्षमताका कारमा १५ प्रतिशत लाग्ने छ भने २००-३०० किलोवाट क्षमताका कारमा ३० प्रतिशत लाग्ने छ। ३०० किलोवाट बढी क्षमता कारमा ४० प्रतिशत भन्सार लाग्ने छ।
*सच्याइएको