सानिमा बैंकको मोबाइल बैकिङ एप ‘सानिमा सजिलो ई – बैकिङ’बाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ।
जस अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ।
यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बंैकिङ्ग एपबाट पठाउन सक्नेछन्।
यसका लागि मोबाइल बैकिङ्ग एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’मार्फत् सोझै नगद वा बैकको खातामा जम्मा गर्न मिल्ने दुबै सुबिधामध्ये एक रोज्न सकिन्छ।
यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ।
साथै मोबाइल बैकिङ एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरेर रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन गर्न सकिन्छ।
ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरु मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्ने बैंकको भनाइ छ।
सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई बैकिङको वेभ भर्सनमा पनि उपलब्ध छ।
हाल उक्त बैंकको ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन्।