लक्ष्मी हुन्डाइले विद्युतीय कारको मूल्य घटाएको छ।
आगामी आर्थिक वर्षको आर्थिक अध्यादेशबाट सरकारले विद्युतीय कारमा लाग्दै आएको अन्त:शुल्क हटेर भन्सार घटेपछि कम्पनीले मूल्य घटाएको हो।
चालु वर्षको बजेटबाट विद्युतीय कारमा अन्त:शुल्क पहिलोपटक लागेको थियो भने भन्सार पनि बढाइएको थियो। तर सरकारले आगामी वर्षको बजेटबाट भने भन्सार पनि घटाइदिएको छ।
भन्सार घटाएर सय किलोवाट पिआवर क्षमतासम्मका कारमा पहिलेजत्तिकै १० प्रतिशत भन्सार कायम गरिएको थियो। हुन्डाइले नेपालमा दुई मोडलका विद्युतीय गाडी बिक्री गर्छ।
जसमा आयोनिक सय किलोवाट क्षमताको कारको मूल्य ५६ लाख ९६ कायम भएको छ। यो अघिल्लो वर्ष कर लाग्नु पहिलेकै बराबर हो।
त्यस्तै सय किलोवाट क्षमताको कोनाको मूल्य २३ लाख रुपैयाँले घटेर ५६ लाख ९६ हजार कायम भएको छ।
कोना १५० किलोवाट क्षमताको भने ९४ लाख ९६ हजारबाट घटेर ७१ लाख रुपैयाँमा झरेको छ। यो कारको भन्सार १५ प्रतिशत लाग्छ।
त्यस्ते कियाले भने निरोको मूल्य ६९ लाख ९० हजार मा झारेको छ। यो कार १५० किलोवाट क्षमताको हो।
अघिल्लो वर्ष सरकारले बजेटबाट कर बढाएपछि विष्णु पौडेल अर्थमन्त्री हुनेवित्तिकै अन्त:शुल्क घटाएका थिए। आगामी वर्षको बजेटबाट यो शिर्षक नै खारेज गरेका छन्।