नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नं. १ समितिले मोटर बीमा प्रिमियम छुट गर्न बीमा समितिसँग माग गरेको छ।
महामारीका रुपमा फैलिएको कोभिड नियन्त्रणका लागि गरिएको लकडाउनका कारण यातायात व्यवसाय थलिएको अवस्थामा व्यवसायीहरुले सहजीकरण गर्दै माग गरेका हुन्।
कोभिडका कारण अघिल्लो वर्षदेखि नै थलिएको यातायात व्यवसाय यो वर्षको निषेधाज्ञाका कारण थप तहसनहस भएको भन्दै व्यवसायीहरुले सो छुट माग गरेका हुन्।
महासंघको यस १ नम्बर प्रदेश समितिले गत साल पनि प्रिमियम छुटका लागि बीमा समितिलाई पत्राचार गरेको थियो।
यातायात व्यवसायीहरुको माग सम्बोधन भई लकडाउन अवधिभरको प्रिमियम छुट पाएका थिए।
यस वर्षको कोरोना भाइरस थप जटिल रहेको र सवारीहरु पनि लामो समयदेखि घर तथा ग्यारेजमा रहेकाले यो जटिल अवस्थालाई मध्यनजर गरेर प्रिमियम छुट गरिदिन व्यवसायीहरुले आग्रह गरेका हुन्।