पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ।
पेट्रोल र डिजेलको मूल्य बढेसँगै धेरैजसो उपत्यका भित्र र सहरी क्षेत्रमा बसोबास गर्ने जमातले विद्युतीय सवारी प्रति चासो देखाइरहेका छन्।
नेपालमा धेरै ब्राण्डका दुई पाङ्ग्रे सवारी साधन भित्रिए पनि निकै कमले मात्रै आफूलाई स्थापित गर्न सफल भएका छन्। त्योमध्ये एक हो ‘एनआइयू’।
एनआइयूको लागि आधिकारिक वितरक इको इन्फिनिटी प्रालिले झन्डै चार वर्षअघि यो ब्राण्ड नेपाल भित्र्याएको हो।
कम्पनीले हाल देशभर ६ ठाउँमा आफ्नो डिलर विस्तार गरिसकेको छ।
कम्पनीले यतिबेला नयाँ मोडल एनआइयू गोभा०३ पनि सार्वजनिक गरेको छ। यसको प्री–अर्डरको लागि उपलब्ध छ।
६० भोल्टको ब्याट्री जडित गोभा०३ ले एकपटक पूरा चार्ज गर्दा ६४ देखि ७४ किलोमिटरसम्मको माइलेज दिन्छ।
यो स्कुटर फुल चार्ज गर्न जम्मा ६.५ घण्टा लाग्ने कम्पनीले जनाएको छ।
हाल यसको बजार मूल्य २ लाख ५५ हजार तोकिएको छ।
एनआइयूका विभिन्न मोडलको मूल्यसूची यस प्रकारको छः
मोडल | मूल्य |
एनक्युआई | २,५५,००० |
एनजिटी | ४,४५,००० |
एमक्युआई | १,९५,००० |
एमक्युआईप्लस | २,३९,००० |