होन्डाको सिबी ३५० डिएलएक्स नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले सोमबार यो बाइक सार्वजनिक गरेको हो।
सिबी ३५० डिएलएक्स कम्पनीका अध्यक्ष सौरभ ज्योतिद्वारा युट्युबमा प्रिमियर गरिएको एक भिडियओमार्फत सार्वजनिक गरिएको हो।
नेपालमा होन्डाको सिबी मोडलका बाइकहरूले एक विशेष पहिचान बनाएको छ। सिबी ३५० डिएलएक्सले पनि नेपाली बाइकरहरूको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने होन्डाको विश्वास छ।
रेट्रो लुक्समा भएको सिबी ३५० डिएलएक्समा ३५० सिसीको इन्जिन छ। नयाँ र पृथक विशेषताहरूले भरिपूर्ण यो बाइक सिंगल प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक र पर्ल नाइट स्टार ब्याल्क गरी तीन विभिन्न रङमा उपलब्ध छ।
बाइकमा थुप्रै विशेषताहरू छन्। जस्तैः रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ टाइप विंकरसहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच्, डिजिटल मिटर, लामो र आरमदायी सिट।
कम्पनीका अनुसार नेपाली बजारमा सिबी ३५० डिएलएक्सको सुरूवाती मूल्य ७ लाख ५० हजार रूपैयाँ तोकिएको छ।