हुन्डाई गाडीको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना दुई विद्युतीय गाडीको मूल्य घटाएको छ।
हुन्डाइले कोना र आयोनिक गरी दुई बिद्युतीय गाडी नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ।
हुन्डाइ कोना १०० किलोवाट ब्याट्रीको मूल्य ५६ लाख ९६ हजार, कोना १५० किलोवाट ब्याट्रीको मूल्य ७१ लाख ९६ हजार तोकिएको छ। त्यस्तै आयोनिक १०० किलोवाट ब्याट्रीको मूल्य ५७ लाख ९६ हजार कायम गरिएको छ।
सरकारले पेश गरेको गत बजेटमा विद्युतीय सवारी साधनमा थप शुल्क लगाइएको कारण मूल्य अत्यन्तै बढेको थियो यद्यपि, हालै आर्थिक वर्ष २०७८–७९ को लागि प्रस्तुत गरिएकोे बजेटमा विद्युतीय सवारीहरुमा कर घटाइएकोले हुन्डाईका विद्युतिय गाडीहरुको शुल्क पनि घटेको हो।
बजार भित्रिएको छोटो अवधिमा नै यी दुवै मोडेलहरूलाइ नेपाली अटो उत्साहीहरूले सकारात्मक समीक्षाका साथ स्वागत गरेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बताएको छ।
'अटोमोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय गाडीको क्षेत्रमा एकदम सम्भावना देखेको छ र आफ्नो ईभी गाडीहरुको विक्री बढ्नेमा विश्वस्त छ , 'लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
लक्ष्मी इन्टरकन्टिनेंटल प्रालिले आफ्नो गाडी बेच्नमा मात्र केन्द्रित नभै विद्युतीय गाडीहरुका लागि चार्जिङ स्टेशनहरूको स्थापनामा पनि ठूलो लगानी गरिरहेको छ ।
हुन्डाईले नेपालका विभिन्न भागमा हालसम्म २१ वटा चार्जिङ पोइन्टसहरूको स्थापना गरेको छ ।
यी चार्जिङ पोइन्टसहरूमा हुन्डाई गाडीका उपभोक्ताहरूलाई निःशुल्क सवारी साधन चार्ज गर्न प्राथमिकता हुनेछ तथापि अन्य ब्राण्डका इभी गाडीहरुका लागि चार्जिङ शुल्क चार्जिङ ठाउँहरू अनुसार फरक हुन सक्ने कम्पनीले बताएको छ।
यी स्थानमा हुन्डाइको बिद्युतीय गाडी निःशुल्क सवारी साधन चार्ज गर्न सकिन्छ-
-लि अटो सर्भिस कुपन्डोल
-लि क्विक्स तिनकुने
-लविम मल, पुल्चोक
-न्यु शिब सर्भिस सिनामंगल
-हुन्डाइ सेल्स नक्साल र थापाथली
-बाराही सर्भिस सेन्टर पोखरा
-बिन्ध्या सर्भिस सेन्टर पोखरा
-पोखरा ग्राण्ड होटल
-वाटर फ्रन्ट रिर्सोट पोखरा
-होटल बाराही पोखरा
-जगत मोटर्स भैरहवा
-सिद्धि बिनायक सर्भिस बुटवल
-न्यु राइडर सर्भिस दाङ
-हिम इन्टरकन्टिनेन्टल नेपालगन्ज
-दिनेश फोर ब्हिल धनगढी
-अर्डिड मोटो कर्प वीरगन्ज
-रोयल अटो वर्ड विराटनगर
-पाथीभरा अटो लिंक इटहरी
-पिनाकल सर्भिस भक्तपुर
एलाइन्स मोटर्स बिर्तामोड
विद्युतीय गाडीका लागि पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतालाई नजरमा राख्दै कम्पनीले आफ्ना मूल्यवान ग्राहकहरूलाई सहज सुविधा दिन नेपालका विभिन्न भागमा थप चार्जिङ स्टेशनहरू निर्माण गर्ने योजना बनाइरहेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डार्ई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ ।