यामाहाको नयाँ एफजेड–एक्स बाइक सार्वजनिक हुँदैछ। यामाहा मोटर इन्डियाले शुक्रबार (जुन १८)मा यो बाइक बजार ल्याउने अटो हिन्दुस्तानले जनाएको छ।
यामाहाको विभिन्न सिरिजमध्ये एपजेड सिरिज बजारमा निकै रूचाइएको सिरिज हो।
एफजेड–एक्सको बाहिरी आवरण केही समयअघि नै सार्वजनिक भएको थियो। बाइकको फिचरहरूबारे पनि चर्चा भएको थियो। जसअनुसार यसको लम्बाई २ हजार २० एमएको हुनेछ भने चौडाई ७ सय ८५ एमएमको हुनेछ। त्यस्तै यसको उचाई १ हजार १ सय १५ एमएमको हुनेछ।
एफजेडको पहिलेका बाइकहरूको तुलनामा एफजेड–एक्सको बाहिरी आवरणमा परिवर्तन देख्न सकिन्छ। बाइकको व्हिलबेस १ हजार ३ सय ३० एमएमकै हुनेछ।
एफजेड–एक्सको बाहिरी आवरणको कुरा गर्दा यसमा नियो–रेट्रो आगमन लिनेछ। बाइकको फ्युल–ट्याङ्क केहि उचाईमा हुनेछ। यो मोडलमा ह्यान्डलबार पनि उठेको हुने बताइएको छ।
१५० सिसी क्षमताको यो बाइकमा एयर कुल्ड, ४ स्ट्रोक इन्जिन, बिएस ६ जडान गरिएको छ। जसले ७ हजार २५० आरपिएममा १२.४ पिएस पावर र ५,५५० आरपिएममा १३.३ एनएमको टर्क जेनेरेट गर्छ।
एफजेड–एक्सको सुरूवाती बजार मूल्य भारू १ लाख २५ हजार हुने अनुमान लगाइएको छ।