हिरो मोटोकर्पले नयाँ मोडलको बाइक सार्वजनिक गर्ने भएको छ। कम्पनीले ‘ग्ल्यामर एक्सटेक’ सार्वजनिक गर्न लागेको हो।
यो बाइक अहिले बजारमा लोकप्रिय ग्ल्यामर र सुपर स्प्लेन्डरभन्दा प्रिमियम हुने अनुमान लगाउन सकिने अटो हिन्दुस्तानले जनाएको छ।
अटो हिन्दुस्तानका अनुसार हिरो मोटोकर्पले तयार पारेको एक प्रस्तुतिकरण अनलाइनबाट लिक भएपछि नयाँ मोडलको बाइक निर्माणबारे खुलासा भएको हो।
नयाँ ग्ल्यामर एक्सटेक–१२५ सिसीको प्रिमियम बाइक हो। यो होन्डाको एसपी–१२५ सँग पनि प्रतिष्पर्धा हुनेछ।
नयाँ बजार लक्षित ग्ल्यामर एक्सटेकमा विभिन्न प्रिमियम विशेषताहरू हुनेछन्। यो पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल हुनेछ।
यस अघि ग्ल्यामर र सुपर स्प्लेन्डरमा सेमी–डिजिटल युनिट थियो। नयाँ मोडलको यो बाइकमा भने स्क्रिन मै गियरको पोजिसन, डिजिटल ट्याक्वमिटर र रियल टाइम फ्युल कन्जप्सन देखाउँने छ।
ग्ल्यामर एक्सटेकमा एलइडी हेडलाइट हुने अनुमान गरिएको छ। यसबार थप जानकारी भने सार्वजनिक हुन बाँकी छ। यो बाइक भारतीय बजारमा टेक्नो ब्ल्याक, ग्रे ब्लु र ग्रे रेड गरी तीन रंगमा सार्वजनिक हुनेछ।
यो बाइकमा १२५ सिसी मोडलमा भएकै १२४.७ सीसी एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिन प्रयोग हुनेछ। यसले १०.७ एचपी पावर र १०.६ एनएम टर्क जेनेरेट गर्छ।
ग्ल्यामर एक्सटेकको बजार मूल्य अहिले बजारमा उपलब्ध ग्ल्यामरभन्दा भारू ४ हजारले महंगो हुनसक्ने बताइएको छ। अर्थात् भारतीय बजारमा यसको सुरूआती मूल्य ७७ हजारसम्म हुनेछ।