सुन्दर यातायातले सार्वजनिक यातायात सञ्चालन गर्न सरकारसँग माग गरेको छ।
सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले सोमबार भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सचिव रविमान श्रेष्ठलाई उक्त मागसहितको ज्ञापन पत्र बुझाएका हुन्।
‘लामो समयसम्मको निषेधाज्ञाले यातायात व्यवसायी तथा श्रमिकहरु प्रत्यक्ष मारमा रहेकाले निश्चित स्वास्थ्य मापदण्ड पालना गरी तत्काल सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण हुनुपर्नेछ’, ज्ञापन पत्रमा उल्लेख छ।