हुन्डाइ गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्राएको छ। प्यालिसेड सात सिटर प्रिमियम एसयूभी हो।
कम्पनीका अनुसार यो कार छिट्टै आधिकारिक रूपमा सार्वजनिक हुनेछ। कार कोरियामा उत्पादन भएको हो।
नेपाली बजारमा प्यालिसेड दुई/दुई लिटरको डिजल इन्जिन अप्सनमा आउने छ। जसले दुई सय पीएस पावर तथा एक हजार सात सय ५० तथा दुई हजार सात सय ५० आरपिमटर्क उत्पादन गर्नेछ।
उक्त एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ। नेपाली बजारमा यो एसयूभीको सुरुआती मूल्य दुई करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ।