निसान भारतले 'म्यागनाइनट' एसयुभी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सुरू गरेको छ। कम्पनीले सोमबार निशानको 'मेड इन इन्डिया' तीन अन्तर्राष्ट्रिय बजारमा बिक्री सुरू हुने घोषणा गरेको अटो हिन्दुस्तानले जनाएको छ।
गत वर्षदेखि कम्पनीले सन् २०२१ को मे सम्ममा १५ हजार १० युनिट म्याग्नाइट निर्माण गरेको छ। यीमध्ये १२ सय २० युनिट भारतीय बजारको लागि तयार पारिएको हो भने बाकीँ युनिट नेपाल, इन्डोनेसिया र दक्षिण अफ्रिकाको बजारमा बिक्री हुनेछ।
अटो हिन्दुस्तानका अनुसार म्यागनाइटले नेपालमा प्रारम्भिक सफलता पाएको छ। सार्वजनिक भएको ३० दिनभित्रै नेपालमा यो गाडीको ७ सय ६० बुकिङ भएको रिपोर्ट गरिएको छ।
निशान म्यागनाइट गत वर्षको डिसेम्बरमा सार्वजनिक भएको हो। यो एसयुभी तुलनात्मक हिसाबमा सस्तो छ। म्यागनाइट १.० लिटर बि४डी पेट्रोल म्यानुअल ट्रान्समिसन र १.० लिटर एचआरएओ टर्बो पेट्रोल म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ।
यसको पेट्रोल इन्जिनले ६ हजार २ सय ५० आरपिएममा ७२ पिएस पावर र ३ हजार ५ सय आरपिएममा ९६ एनएम टर्क उत्सर्जन गर्छ भने डिजेल इन्जिनले ५ हजार आरपिएममा एक सय पिएस पावर र २ हजार ८ सयदेखि ३ हजार ६ सय आरपिएममा १६० एनएम टर्क उत्सर्जन गर्छ।
निशानका लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले म्यागनाइट एसयुभी भित्र्याएको हो।
अहिले बजारमा उपलब्ध म्यागनाइटको मूल्य कम्पनीले २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजार रूपैयाँसम्म निर्धारण गरेको छ।