हुन्डाइका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँँ वर्ष योजना असार अन्तिमसम्म विस्तार गरेको छ।
‘नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ योजना आषाढ ३१ गते सम्म विस्तार गरिएको कम्पनीले बताएको छ।
पहिले यस योजनाको अवधि १९ चैत, २०७७ देखि १७ वैशाख, २०७८ सम्म रहेको थियो। तर विश्वव्यापी रोग कोभिड १९, निषेधाज्ञाका कारण यस योजना स्थागित भएको थियो। ग्राहकलाई मध्यनजर गरेर यस योजना ८ असारदेखि फेरि सुरु गरिएको छ।
योजनाअन्तर्गत हुन्डाईको कुनै पनि गाडी किन्दा आकर्षक छुट तथा विशेष सुविधाहरु पाउन सकिन्छ।
यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट स्क्रयात कार्ड मार्फत ७८ हजारसम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस, एक लाखसम्मको एकस्चेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा पाइनेछ।
हुन्डाइले आफ्नो सबै गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत् ग्राहकहरुलाई सेवा दिदैँ आएको छ।