टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालीले नेपालमा नयाँ नेक्सन इलेक्ट्रीक एसयूभी गाडीको बुकिङ खुलाउने भएको छ।
जिपट्रोन प्रविधिमा आधारित एसयूभीको बुकिङ चाँडै खुल्ला हुने कम्पनीले बताएको हो।
आकर्षक बनावट रहेको यो गाडी द्रुत गतिमा हाँक्न सकिनेछ। टिकाउ ब्याट्री भएकाले लामो दुरीको यात्रामा पनि सहज हुने कम्पनीको भनाइ छ।
सन् २०२० जनवरीबाट भारतमा बिक्री वितरण सुरु भएको यो गाडीले छोटो अवधिमै भारतीय बजारमा लोकप्रियता कमाइ सकेको छ। हालसम्म भारतीय विद्युतिय गाडी बजारको ६५ प्रतिशत हिस्सा ओगट्न सफल भएको कम्पनीको दावी छ।
नेपालमा उत्कृष्ट विद्युतिय गाडीसँगै आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, बिभिन्न स्थानमा चार्जिङ्ग स्टेशन लगाएतका सुविधाहरु विस्तार गर्ने टाटा मोटर्सको छ।
‘वातावरण मैत्री यो गाडी यात्रुको सुविधाजनक यात्रा र सुरक्षालाई बिशेष ध्यानदिई तयार पारिएको छ। नेपाली ग्राहक वर्गले यस गाडीलाई पूर्ण विश्वास गर्नुहुनेछ भन्ने हामिले अपेक्षा गरेका छौं,’ टाटा पेसेन्जर भेहिकल युनिटको अन्तर्राष्ट्रिय व्यापार प्रमुखमायांक बाल्डीले भने।
त्यस्तै सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले वातावरण मैत्री, अत्याधुनिक सुविधासम्पन्न र आरामदायी नेक्सनइलेक्ट्रीक एसयूभी गाडी नेपाली बजारमा सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरे।
यस्ता छन् नेक्सन इभीका बिशेषता
नयाँ बनावट
‘इम्प्याक्ट डिजाइन २.०’ अवधारणा अन्तर्गत तयार पारिएको यसको बनावट आकर्षक देखिन्छ।
गाडीको भित्री भाग फराकिलो छ। यसमा ध्वनि प्रदुषण नियन्त्रण गर्न सक्ने व्यवस्था छ। सात इन्चको हर्मन इन्फोटेन्मेन्ट प्रणाली भएको नेक्सनमा एन्ड्रोएड अटो र एप्पल प्ले पनि प्रयोग गर्न सकिन्छ।
उत्कृष्ट कार्यक्षमता
जिÞप्पी प्रविधिले नेक्सनको कार्यक्षमता उत्कृष्ट रहेको कम्पनीले जनाएको छ। ३०.२ केडब्लुएचको उच्च क्षमतायुक्त लिथियमआयोन ब्याट्री भएको यो गाडीको टर्क क्षमता २४५ एनएम रहेको छ।
नेक्सनइभी ९.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्छ। ड्राइभ र स्पोर्ट्स गरी दुई ‘ड्राइभ मोड’ भएको यो गाडी ट्राफिक जाम तथा उकालो बाटोमा समेत उपयुक्त रहन्छ।
टिकाउ ब्याट्री
एक पटक चार्ज गरेपछि यस गाडीले बिना कुनै झन्झट २०० देखि २५० किलोमिटरको दुरी गुड्छ। डिसीचार्जर प्रयोग गर्दा नेक्सन इभीको ८० प्रतिशत चार्ज ६० मिनेटमै हुने कम्पनीको भनाई छ।
बिशेष सुरक्षा
ग्लोबल एनक्याप रेटिङ्गअनुसार उक्त गाडीमा सुरक्षाको लागि अत्याधुनिक प्रविधि जडान गरिएको छ। १० लाख किलोमिटरको लामो एवं अतिचुनौतिपूर्ण सडकहरुमा यसको सफतापूर्वक परीक्षण भइसकेको कम्पनीले जनाएको छ।