नेपालमा याडियाको विद्युतीय स्कुटर सार्वजनिक भएको छ। कुजु नेपाल ले बिहीबार नेपाली बजारमा याडिया ब्रान्डका तीन मोडलको विद्युतीय स्कुटर सार्वजनिक गरेको हो।
ती जी–५, सी–वान एस र एस–लाइक हुन्। यी स्कुटरहरूको विशेषता यस प्रकारको छः
१. जी–५
झट्ट हेर्दा आकर्षक डिजाइनमा आएको जी ५ स्कुटरमा जिटीआर ३.० ब्रोडब्यान्ड मोटर प्रयोग गरिएको छ। उक्त मोटरले अधिकतम २ हजार ३ सय वाट पावर दिन्छ भने यसको रेटेड पावर १२ सय वाट छ।
त्यस्तै यो मोटरले अधिकतम १ सय २० एनएम टर्क जेनेरेट गर्छ। यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड छ। यो स्कुटरलाई ६० किलोमिटर प्रति घन्टाको रफ्तारमा चलाउन सकिन्छ।
जी–५ मा ६० भोल्ट, ३२ एम्पीयरको पानाशोनिक लिथियम आयोन व्याट्री प्याक छ। यसलाई पूरा चार्ज गर्न ६ घन्टा लाग्छ। एक पटकको चार्जमा योे ८० किलोमिटर गुड्छ। यो ब्याट्रीको लाइफ सर्कल ८ सय छ।
यसमा प्रयोग भएको ब्याट्री माइनस २० देखी ५५ डिग्रिसेन्टिग्रेट तापक्रममा काम गर्न सक्छ। यसमा सर्ट सर्किट, ओभर करेन्ट प्रोटेक्सन र ओभर चार्ज प्रोटेक्सन फिचर रहेको छ ।
याडिया जी–५ मा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ। यसको अगाडिको भाग उच्च गुणस्तरको आल्मुनियमद्धारा निर्माण गरिएको छ।
त्यस्तै १२ इन्चको ट्युबलेस टायर, दुवै चक्कामा डिस्क ब्रेक र सबै प्रकारका लाइटहरूमा एलइडी प्रयोग गरिएको छ। यसमा २६ लिटरको स्टोरेज क्षमता छ।
कम्पनीले जी–५ को सुरुआती मूल्य ३ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ।
२. सी–वान एस
याडिया सी–वान एसमा जी–५ कै समान जिटीआर ३.० ब्रोडब्यान्ड मोटर प्रयोग गरिएको छ। उक्त मोटरले अधिकतम २ हजार २सय वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर १८ सय वाट रहेको छ।
त्यस्तै यो मोटरले अधिकतम १ सय ३८ एनएम टर्क जेनेरेट गर्छ। यो स्कुटरको टप स्पीड क्षमता ६० किलोमिटर प्रति घन्टाको छ।
यसमा ६० भोल्ट, ३२ एएमपीको पानाशोनिक लिथियम आयोन ब्याट्री प्याक छ। यसालाई पूरा चार्ज गर्न ६ घन्टा समय लाग्छ। एक पटकको चार्जमा ८० किलोमिटरको रेन्ज दिन्छ।
यसको ब्याट्रीको लाइफ सर्कल ८ सय छ। त्यस्तै यो ब्याट्री माइनस २० देखि ५५ डिग्रिसेन्टीग्रेट तापक्रममा पनि चल्छ।
सी–वान एसमा ९ प्रकारको सेफ्टी प्रोटेक्सन छ। यसमा सर्ट सर्किट प्रोटेक्सन, ओभर करेन्ट प्रोटेक्सन, ओभर चार्ज प्रोटेक्सन, ओभर डिस्चार्ज प्रोटेक्सन, प्री डिस्चार्ज प्रोटेक्सन, सन्तुलित फङ्सन, ओभर तापक्रम प्रोटेक्सन, राइडिङ मोडजस्ता फिचरहरू छन्।
याडिया सी–वान एसमा ५ इन्जको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ। त्यस्तै यसमा स्मार्ट कि–लेस इन्टिग्रेटेड सोलुसन प्रणाली छ। यसको पनि अगाडिको भाग उच्च गुणस्तरको आल्मुनियमबाट तयार गरिएको छ।
त्यस्तै यसमा १२ इन्चको ट्युबलेस टायर, दुवैतर्फ डिस्क ब्रेक र २५ लिटरको स्टोरेज क्षमता छ।
कम्पनीले सी–वान एसको सुरुआती बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकेको छ।
३. एस–लाइक
याडिया एस–लाइकमा पनि जिटीआर ३.० ब्रोड ब्यान्ड मोटर प्रयोग गरिएको छ। यसले अधिकतम १२ सय वाट पावर प्रदान गर्छ भने यसको रेटेड पावर २ हवार वाट छ।
त्यस्तै यो मोटरले अधिकतम १ सय २० एनएम टर्क जेनेरेट गर्छ। यो मोटर आइपी ५७ वाटरप्रुफ रेटेड छ। यो स्कुटरको टप स्पीड ५० किलोमिटर प्रति घन्टाको छ।
यसमा ६० भोल्ट, २४ एएमपीको लिथियम आयोन ब्याट्री प्याक छ। यसलाई पूरा चार्ज गर्न ६ घन्टा समय लाग्छ। एक पटकको पूरा चार्जपछि स्कुटरले ६० किलोमिटर रेन्ज दिन्छ। यसमा डबल ब्याट्रीको सुविधा छ।
यो ब्याट्रीको लाइफ सर्कल ८ सयको छ। यसमा सर्ट सर्किट, ओभर करेन्ट प्रोटेक्सन, सक प्रोटेक्सन र ओभर चार्ज प्रोटेक्सन जस्ता विशेषताहरू पाउन सकिन्छ।
याडिया एस–लाइकमा ४.२ इन्जको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ। यसमा रहेको एलसिडी डिस्प्ले दिन र रातमा आफै मिल्छ। स्कुटरमा १२ इन्चको ट्युबलेस टायरको प्रयोग गरिएको छ भने यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक छ। स्कुटरमा १८ लिटरको स्टोरेज क्षमता छ।
कम्पनीले एस–लाइकको सुरुआती बजार मूल्य २ लाख ३० हजार रुपैयाँ तोकेको छ।
त्यस्तै कम्पनीले प्रत्येक स्कुटर किन्ने सुरुका १५ जना ग्राहकलाई २५ हजार रुपैयाँ नगद छुट गरिदिने बताएको छ। यसरी कम्पनीले ४५ जना ग्राहकलाई २५ हजार रुपैयाँ छुट दिने भएको हो।