निशान इण्डियाले आफ्नो नयाँ उत्पादन निशान म्याग्नाइट नेपाल, इण्डोनेशिया र दक्षिण अफ्रिकामा निर्यात गर्ने घोषणा गरेको छ।
यो नयाँ पुस्ताको उत्पादन सन् २०२० को डिसेम्बरमा सुरू गरिएको थियो।
सन् २०२१ को मे महिनासम्म १५ हजार १० वटा निशान म्याग्नाइट पूर्णरुपमा तयार गरिसकेको थियो।
यो निर्माण भएको ३० दिनमा नेपालमा ७ सय ६० भन्दा बढी बुकिङ्ग भएकोले राम्रो बजार लिने विश्वास गरिएको छ।
निशान मोटर इण्डिया जापानको निशान मोटर कम्पनीको सहायक कम्पनी हो। सन् २००५ देखि भारतमा उत्पादन थालेको हा । यसको कारखाना चेन्नइमा छ।