सिप्रदीले लकडाउनको समयमा ६० राजमार्गका (टेक्निसियन) च्यानल पार्टनरहरुलाई ३ हप्ते विशेष तालिम सम्पन्न गरेको छ।
टाटा गाडीको बारेमा नयाँ जानकारी लिन चाहने र गाडी मर्मत सम्बन्धी प्राविधिक जानकारी लिन चाहने राजमार्गका च्यानल पार्टनरहरुलाई तालिम दिएको हो।
टाटा गाडीमा आएका नयाँ प्रविधि विशेषतः बिएसफोर, एससिआर र एबिएस सम्बन्धित विषयहरु तालिममा समावेश गरिएको थियो।
आगामी दिनमा पनि प्राविधिज्ञको सीपवृद्धिमा काम गर्दै जाने प्रतिबद्धता जनाएकोे छ।