नाडाले अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस् पसलका व्यवसायी, कर्मचारी तथा सबै मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेको छ।
यो व्यवसायमा संलग्न व्यक्तिहरु कोभिडको उच्च जोखिममा रहेको भन्दै नाडाले सबैलाई प्राथमिकताका दिएर खोप उपलब्ध गराउन आग्रह गरेको हो।
व्यवसाय सञ्चालनमा आए पनि सरकारले खोपको व्यवस्था नगरेको प्रति नाडाले प्रेस विज्ञप्तिमार्फत् सो आग्रह गरेको हो।