नेपाली बजारमा प्रोटोनको नयाँ मोडल ‘प्रोटोन एक्स ७०’ सार्वजनिक हुने भएको छ। प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भर्चुअल कार्यक्रममार्फत् बुधबार उक्त गाडी सार्वजनिक गर्न लागेको हो।
मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनले नेपालमा समेत लोकप्रियता कमाएको छ। प्रोटोन एक्स ७० बजारको प्रतिक्षित मोडल हो। गाडी बुधबार बेलुकी ४ बजे कम्पनीको आधिकारिक फेसबुक (नेपालको लागि आधिकारिक फेसबुक) लाइभमार्फत सार्वजनिक हुनेछ।
कम्पनीले केहि समयअघि नै यो गाडी सार्वजनिक गर्ने मिति तय गरेको थियो। तर कोरोना महामारी र यसले निम्त्याएको असहजताका कारण गाडी सार्वजनिक हुन पाएको थिएन।
प्रोटोन एक्स ७० अत्याधुनिक डिजाइनमा तयार भएको ५ सिटर एसयुभी हो। यसको बाहिरी आवरण आकर्षक हुनुका साथै आन्तरिक विशेषताहरू पनि भिन्न छन्।
गाडीमा ८ इन्चको स्क्रिन,स्मार्ट मोबाइल फोन कनेक्टिभिटी, इन्टेलिजेन्ट एयर फिल्टर, एन ९६ केबिन फिल्टर, ६ युएसबी पोर्ट, एलइडी हेडल्याम्प, डे टाइम रनिङ ल्याम्प, अटो रेन सेन्सिङ वाइपर्स, पेनोरेमिक सनरुफ, किक सेन्सर, पावर टेलिगेटलगायत फिचरहरू छन्।
गाडी १.५ टिजिडिआई टर्बोचार्ज डाइरेक्ट इन्जिनमा उपलब्ध छ। गाडीले ५ स्टार सेफ्टी रेटिङ पाएको छ। यसमा ६ वटा एयरब्याग छ।
त्यस्तै गाडीमा एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमरजेन्सी ब्रेक एसिस्ट, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट इन्फरमेसन सिस्टम, इन्टेलिजेन्ट हाई बिम कन्ट्रोल, ३६० डिग्री थ्रीडी क्यामेरा, १८ इन्चको अलोय ह्विल, टायर प्रेसर मोनिटरिङ सिस्टमजस्ता अत्याधुनिक सुरक्षाका अतरिक्त सुरक्षाका सुविधाहरू छन्।
कम्पनीले गाडीको मूल्य भने हालसम्म सार्वजनिक गरेको छैन। यसको बजार मूल्य र अन्य विशेषताहरू सोही दिन सार्वजनिक हुने भनिएको छ।