नेपालमा एसयुभी स्कोडा कुशाकको बुकिङ सुरु भएको छ।
कुशाकको भारतमा सार्वजनिक भएलगत्तै नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यसको बुकिङ खुला गरेको हो।
नेपालमा कुशाकलाई साउनमा सार्वजनिक गर्ने योजना बनाइएको छ। स्कोडा कुशाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयुभी रहेको कम्पनीको भनाइ छ। जसका कारण यसको मूल्य नेपालमा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
इन्जिन ट्रान्समिसनः
कुशाक स्कोडाको इन्डिया २.० प्रोजेक्ट अन्तर्गत सार्वजनिक गरिएको पहिलो एसयुभी हो।
कम्पनीकाअनुसार नेपालमा १.० लिटरको टिएसआई पेट्रोल इन्जिन भएका कुशाक भित्रने छन्। यो अवार्ड हासिल गर्न सफल इन्जिन हो। यो अवार्डलाई अटोमोबाइल क्षेत्रको ओस्कार जस्तै मानिने पनि कम्पनीले जनाएको छ।
यो इन्जिनले ११५ बिएचपी पावर र १७.८ एनएम टर्क उत्पन्न गर्छ। टिएसआई इन्जिन म्यानुअल र अटोमेटिक दुवैमा उपलब्ध हुनेछ।
डाइमेन्सनः
कुशाक एमक्युबी एओ आइएन प्लेटफर्ममा निर्माण गरिएको एसयुभी हो। जुन बिग्रेका सडकलाई ध्यानमा राखेर विकास गरिएको हो। यो ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ। साथै यसको ह्विलबेस २६५१ एमएम छ जुन सेग्मेन्टकै सबैभन्दा बढी भएको कम्पनीको दावी छ। कुशाकको ग्राउन्ड क्लियरेन्स १८८ एमएम छ।
फिचरः
नयाँ कुशाकमा टु–स्पोक स्टेरिङ ह्विल, इलेक्ट्रिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, मल्टिफंक्सन स्टेरिङ, हिल्ड होल्ड कन्ट्रोल, किलेस इन्ट्रि स्टार्ट एन्ड एक्जिट सिस्टम जस्ता फिचर हुनेछन्।
सुरक्षा व्यवस्थाः
सुरक्षाका लागि कुशाकमा ६ वटा एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटोहेडल्याम्प एन्ड वाइपर, मल्टि कोलिजन ब्रेकिङ सिस्टम रहनेछन्। स्कोडमा ईएससी सबै भेरिन्टमा हुनेछ। त्यसैले, टायर प्रेसर मनिटरिङ र हिल्ड होल्ड कन्ट्रोल पनि रहनेछ। यसका सबै भेरियन्टमा फ्रन्ट डिस्क ब्रेक र रियर ड्रम ब्रेक रहने कम्पनीको भनाइ छ।
भेरियन्ट र रङः
नयाँ कुशाक तीन ट्रिम– एम्बिसन, एक्टिभ र स्टाइलमा क्यान्डि ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टोर्नेडो रेड गरी पाँच रङमा उपलब्ध हुनेछ।
मूल्यः
कुशाकको मूल्य नेपालमा ५० देखि ६५ लाख रूपैयाँको बीचमा रहने अनुमान छ।