निशान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
निशान र ड्याटसनको आधिकारिक डिलर मेगा मोटर्सले उक्त शोरुम सञ्चालन गरेको हो। यो बाहेक निशान र ड्याट्सनको शोरुम महाराजगञ्ज र बालकुमारीमा छ।
पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाका अनुसार कलंकीको नयाँ शोरुम सञ्चालनमा आएसँगै ग्राहक केन्द्रित सेवा विस्तारमा थप सहजता हुनेछ । साथै उपत्यकाका कुनैपनि ठाउँका ग्राहकहरुलाई सजिलैसँग सेवा प्रदान गर्न सकिने छ।
अब उक्त शोरुमबाट पनि निशानको नयाँ लोगो भएको 'बिग. बोल्ड. ब्युटिफुल.' म्यागनाइट खरिद गर्न सकिने कम्पनी ले बताएको छ।