होन्डा नेपालले हालै नेपाली बजारमा भित्र्याएको सिबी ३५० डिएलएक्स छोटो समयमै लोकप्रिय बनेको छ। नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले गत जेठ अन्तिम साता यो बाइक सार्वजनिक गरेको हो।
कम्पनीले पहिलो चरणमा बजारको लागि १ सय २० युनिट बाइक भित्र्याएको थियो। आइतबारदेखि यो बाइकको स्टक सकेको हो। होन्डा सिबी ३५० डिएलएक्स खरिद गर्न इच्छुक व्यक्तिले अब अगस्ट महिनासम्म कुर्नुपर्ने भएको कम्पनीले बताएको छ।
रेट्रो लुक्समा भएको सिबी ३५० डिएलएक्समा ३५० सिसीको इन्जिन छ। नयाँ र पृथक विशेषताहरूले भरिपूर्ण यो बाइक सिंगल प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक र पर्ल नाइट स्टार ब्याल्क गरी तीन विभिन्न रङमा उपलब्ध छ।
बाइकले ५ हजार ५ सय आरपिएममा २१.०७ पिएस पावर र ३ हजार आरपिएम ३० एनएमको अधिकतम टर्क जेनेरेट गर्छ।
बाइकमा रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ टाइप विंकरसहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच्, डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता फिचरहरू छन्।
कम्पनीकाअनुसार नेपाली बजारमा सिबी ३५० डिएलएक्सको सुरूवाती मूल्य ७ लाख ५० हजार रूपैयाँ तोकिएको छ। उक्त मूल्यबारे केही समीक्षाहरू भएपनि कम्पनीका अनुसरा यसमा भएको विशेषताका कारण यसको माग बढ्दो छ।