निशानले विद्युतीय कार 'निशान लिफ' सार्वजनिक गरेको छ। निशानको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले बुधबार फेसबुक लाइभमार्फत 'निशान लिफ' नेपाली बजारको लागि सार्वजनिक गरेको हो।
निशान लिफ संसारको सबैभन्दा बढी बिक्री हुने विद्युतीय कारमध्ये पर्छ। ४० किलोवाट प्रतिघन्टा क्षमताको ब्याट्री दिएको निशान लिफले फुल चार्जमा ३ सय ६३ किलोमिटर गुड्ने कम्पनीको भनाइ छ।
७.९ सेकेन्डमा ० देखि १०० किलोमिटरको प्रफमेन्स दिने भनिएको लिफको टप स्पिड १ सय ४४ किलोमिटर प्रति घण्टाको छ। यसले १५० पिएस पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ।
निशान लिफ विभिन्न चार ड्राइभिङ मोडमा चलाउन सकिन्छ। विद्युतीय पावरबाहेक निसान लिफमा प्रो–पाइलट र ई–पेडल टेक्नोलोजी छ। जसले ड्राइभिङलाई थप सजिलो बनाउँछ।
विद्युतीय कार ‘निशान लिफ’ नेपाली बजारको प्रतिक्षित कार हो। यो सार्वजनिक घोषणासँगै यसको बुकिङ पनि सुरू भएको छ।
कम्पनीले यसको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रूपैयाँ तोकेको छ।