महिन्द्राले नयाँ बोलेरो निओ सार्वजनिक गर्दैछ। कम्पनीले आउँदो (जुलाई १५) बिहिबार गाडी सार्वजनिक गर्ने घोषणा गरेको हो। सार्वजनिक मिति अगावै नयाँ एसयुभीका केही झलक र विशेषताहरू भने बाहिरिएका छन्।
गाडीको औपचारिक प्रक्षेपण अगाडि नै यो विभिन्न डिलरशिपहरूमा देखिएको अटो हिन्दुस्तानले जनाएको छ। कम्पनीले महिन्द्रा टियुभी ३०० को अपडेट संस्करण सार्वजनिक गर्ने भएको हो। जसलाई बोलेरो निओ नाम दिइएको छ।
नयाँ बोलेरो निओको बाहिरी आवरण सानदार छ। जसले धेरै ग्राकहलाई लोभ्याएको छ। यसको हेडल्याम्पहरू अपडेट गरिएको छ। जसमा इन्टिग्रेटेड डिआरएलहरू छन्। यसको अगाडिको बम्परमा पनि केही परिवर्तन गरिएको छ। त्यस्तै यसमा भएको अलोय ह्विल पनि नयाँ छन्। नयाँ बोलेरो निओको पछाडिको भाग भने टियुभी ३०० को जस्तै छ।
बोलेरो निओ डुअल–टोन बिइन्ज र कालो रंग स्किममा उपलब्ध हुनेछ। यसको ड्यासबोर्डमा सिल्भर रंग पाउन सकिन्छ भने डुअ–टोन स्टिरिङ ह्विल (पाङ्ग्रा) छ। यो ७ पाङ्ग्रे एसयुभी हो।
महिन्द्राको नयाँ बोलेरो निओमा अपडेट गरिएको बिएस६ फर्मसहितको १.५ लिटरको एमहक टर्बो डिजेल इन्जिन हुनेछ। जसले अधिकतम १०० बिएचपी पावर र २४० एनएमको टर्क जेनेरेट गर्छ। यसमा पाँच गियर बक्स हुनेछ।
नयाँ बोलेरो निओको मूल्य भारु ८.५ लाखदेखि ११ लाखसम्म हुने अनुमान लगाइएको छ। यसबाहेक थप विशेषता भने कम्पनीले गाडी सार्वजनिक गरेसँगै खुलाउने छ।