सवारी साधन चलाएबापत कुनै पनि सवारीले प्रत्येक वर्ष यातायात कार्यालयलाई कर बुझाउनुपर्छ। सवारी साधनको प्रकार, क्षमता र प्रयोगको प्रयोजन अनुसार सबै करको दर फरक फरक हुन्छ।
पहिले यस्तो कर नेपाल सरकारले उठाउँथ्यो। देशमा संघीयता आएसँगै सवारी साधन करको जिम्मेवारी प्रदेश सरकार मातहत गएको छ।
प्रदेशअनुसार एउटै किसिमको सवारी करको दर फरक हुनसक्छ।
पछिल्लो समय हामीले बागमती प्रदेशमा दर्ता भएका निजी सवारी साधनले तिर्नुपर्ने करबारे उल्लेख गरेका थियौं। यसपटक भाडामा दर्ता भएका सवारी साधनले बुझाउनुपर्ने कर उल्लेख गरेका छौं।
काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लामा दर्ता भएका भाडाका सवारी साधनले हाल वार्षिक रूपमा तिर्नुपर्ने कर यस प्रकारको छः
- कार, जिप, भ्यान, माइक्रो बस
|
१३०० सिसीसम्म | रु. ९,००० |
१३०१ देखि २०००सिसीसम्म | रु. १०,००० |
२००१ देखि २९०० सिसीसम्म | रु. १२,५०० |
२९०१ देखि ४००० सिसीसम्म | रु. १४,५०० |
४०००१ देखि माथि सबै | रु.१७,००० |
- डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेनजस्ता
मेशिनरी उपकरण र मिनिटिपर
| रु. १९,००० |
|
थ्री ह्विलर र टेम्पो | रु. ५,५०० |
ट्याक्टर | रु. ५,००० |
पावर टिलर | रु. ३,५०० |
मिनिट्रक/मिनिबस | रु. १३,५०० |
मिनिटिपर | रु. १५,५०० |
ट्रक/बस | रु. १८,००० |
ट्यांकर | रु. १८,०००० |