धेरैलाई लाग्न सक्छ संसारमा भएजति अरबपतिहरू आफ्नो जिन्दगि सानदार ढंगबाट बिताइरहेका होलान्।
उनीहरूको दैनिकी सामान्य मानिसको भन्दा भिन्न होला। सामान्यभन्दा प्रिमियम जीवनशैली बिताएका उनीहरूले चढ्ने कार चाहीँ कस्तो होला?
यसै विषयमा अटो हिन्दुस्तानले संसारको वर्तमानका शीर्ष दश अरबपतिहरू र उनीहरूले चलाउने गाडीको रिपोर्ट बनाएको छ। जसअनुसार केही अरबपति कार र गाडीको सौखिन देखिन्छन् भने केही अरबपतिहरूले कारहरूमा उत्ति चासो नदेखाएको देखिन्छ।
१. जेफ बेजोस
अमेजनका संस्थापक एवम् कार्यकारी अध्यक्ष जेफ बेजोस वर्तमान संसारको सबैभन्दा धनी व्यक्ति हुन्। बेजोसले अमेजनमा अध्यक्ष र सिइओको रूपमा समेत सेवा पुर्याएका छन्।
बेजोस ९० दशकमा पहिलो पटक अरबपति हुदाँ पुरानो होन्डा एकर्ड चलाउँथे। रिपोर्टअनुसार अमेजन सन् १९९७ मा सार्वजनिक भएसँगै बेजोसको सम्पति १२ अर्ब डलरभन्दा बढी भएको थियो।
अहिले उनीसँग अमेरिकी २०७.९ बिलियन डलर सम्पति छ। बेजोस अहिले पनि होन्डाको एकर्ड नै चलाउने अटो हिन्दुस्ताले लेखेको छ।
२. एलन मस्क
टेस्लाका सिइओ एलन मस्क म्याकलरेन एफ१ र लोटस इस्प्रिट चलाउँछन्। म्याकलरेन रेसिङ कार हो। र स्पोर्ट्स कार लोटस इस्प्रिट अमेरिकी फिल्म ‘द स्पाइ हु लभ्ड मी’मा समेत फिचर भएको गाडी हो।
टेस्ला यतिबेला संसारको लोकप्रिय विद्युतीय गाडी बनेको छ। सवारी साधनलाई विद्युतीकरण गर्न प्रोत्साहन गर्ने एलन आफैंले पनि विद्युतीय गाडी चलाउँछन् भन्ने धेरैलाई लाग्न सक्छ। तर उनी डिजेल र पेट्रोल इन्जिनका गाडीहरू चलाउँछन्।
३.बर्नार्ड आर्नल्ट
बर्नार्ड आर्नल्ट एलभीएमएच मोएट हेनेसी लुइँ भिटाका अध्यक्ष एवम् प्रमुख कार्यकारी हुन्। अरबपति बनार्डको कारप्रति विशेष रूची छ। उनी बिएमडब्ल्यु ७६० एलआई चलाउँछन् जुन बिएमडब्ल्युको ७ सिरिजअन्तर्गत निर्माण गरिएको कार हो।
यो पेट्रोल र डिजेल भेरियन्टमा उपलब्ध छ। ट्विन पावर टर्बो १२ सिलिन्डर इन्जिन जडित यो कारले ६०० एचपी पावर र ८५० एनएमको टर्क जेनेरेट गर्छ।
४. बिल गेट्स
कुनै समयको सबैभन्दा धनी व्यक्ति बिल गेट्स अहिले चौथो नम्बरमा पुगेका छन्। माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सको कारहरू प्रति भिन्न स्वाद छ। उनीसँग भएका गाडीमध्ये ८० दशकमा किनेको पोर्स ९५९ पछाडि रोचक कथा छ।
रिपोर्टका अनुसार बिल गेट्सले यो गाडी अमेरिकामा तस्कर गर्न चाहन्थे। बेलायतबाट प्रायः पोर्स अमेरिकामा सजिलै आयात गर्न मिल्छ। तर पोर्स ९५९ अमेरिकामा ट्राफिक सुरक्षा प्रशासनअन्तर्गत सुरक्षित भएको प्रमाणित गरिएको थिएन।
तैपनि बिल गेट्सले यो गाडी भन्सारमा मगाएर त्यहाँ एक दशकभन्दा बढी राखिएको थियो। योसँगै उनीसँग पोर्स-९११ पनि चलाउँछन्।
५. मार्क जुकर्बर्ग
फेसबुकका सह–संस्थापक मार्क जुकर्बर्ग सामान्यतया साधारण पोशाकमा देखिन्छन्। आफ्नो पोशाकमा जस्तै उनी कार छनौटको कुरामा पनि साधा देखिन्छन्। उनीसँग ट्विन टर्बोचार्ज भी–१२ पगेनी हुआयरे र होन्डा ज्याज छ।
७४ बिलियन पाउन्डका मालिक जुकर्बर्ग आफ्नो कार छनौट सरल र व्यावहारिक राख्छन्।
६. वारेन बफेट
अमेरिकी बहुराष्ट्रिय समूह होल्डिङ कम्पनी बार्कसेर हाथवेका सिइओ वारेन बफेट एक परिचित व्यक्तित्व हुन्। उनीसँग भएका कारमध्ये काडिल्याक एक्सटिएसले ध्यान तान्छ। यो पाँच सिटर लक्जरी गाडी हो।
यसको आन्तरिक र बाहिरी आवरण निकै विशेष ढंगमा डिजाइन गरिएको छ।
७. ल्यारी पेज र सर्गे ब्रिन
अल्फाबेटका सिईओ ल्यारी पेज र अध्यक्ष सर्गे ब्रिन संसारको सबैभन्दा धनी व्यक्तिमध्ये सातौं नम्बरमा पर्छन्। उनीहरूको भेट सन् १९९८ मा स्ट्यान्डफोर्ड विश्वविद्यालयमा भएको हो। त्यसपछि उनीहरूले सहकार्यमा गुगल निर्माण गरे।
रिपोर्टअनुसार ल्यारी र सर्गे दुवै टेस्ला रोडस्टर र टोयोटा प्रियस चलाउँछन्।
८. ल्यारी एलिसन
ल्यारी एलिसन अमेरिकी व्यापारी र लगानीकर्ता हुन्। उनी सफ्टवेयर कम्पनी ओरेकल कर्पोरेसनका सह–संस्थापक समेत हुन्। ल्यारीलाई कार पारखीभन्दा फरक पर्दैन। उनीसँग म्याकलरेन एफ१, लेक्सस एलएफए र लेक्सस एलएस–६०० एच छ।
९. मुकेश अम्बानी
एशियाको सबैभन्दा धनी व्यक्ति मुकेश अब्मानी रोल्स–रोएस्, एस्टन मार्टिन र बिएमडब्ल्युका कार चढ्छन्। यीमध्ये अरबपति मुकेशलाई आफ्नी श्रीतीले उपहार दिएको पर्सनोलाइज मर्सिडिज मेब्याक–६२ को विशेष चर्चा छ।
१०. अमान्सिओ ओटेगा
अमान्सिओ ओटेगा स्पेनिस अरबपति हुन्। उनी इनिटेक्स फेसन ग्रुपका संस्थापक एवम् पूर्व अध्यक्ष हुन्। इनिटेक्स फेसन ग्रुप आफ्नो जारा क्लथिङ र एसेसरिजकालागि परिचित छ। अमान्सिओसँग अडी ए–८ र मर्सिडिज जिएल छ।