हेर्दै ‘क्लासिक’ देखिने रोयल इन्फिल्डको बजार चुलिँदो छ।
रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्सका अनुसार युवा पुस्तादेखि वयस्कहरूको रोजाइमा इन्फिल्ड बाइकको माग राम्रो छ।
यतिबेला नेपाली बजारमा रोयल इनफिल्डका ८ मोडल उपलब्ध छन्। यो ३५० सिसीभन्दा बढी क्षमतामा पाइन्छ।
यसका मोडलअनुसार बाइकको मूल्य ४ लाखभन्दा बढीका छन्।
यीमध्ये सबैभन्दा महंगो रोयल इनफिल्ड इन्टरसेप्टर–६५० सिसीको मूल्य १२ लाख ४९ हजार छ।
यसको सबैभन्दा सस्तो मोडल रोयल इनफिल्ड बुलेट इलेक्ट्रा/स्टान्डर्ड–३५० सिसी हो, जसको मूल्य ४ लाख ६७ हजार छ।
रोयल इनफिल्डका विभिन्न मोडलको बाइकको मूल्य सूची यस प्रकार छः
मोडल | इन्जिन क्षमता | मूल्य |
रोयल इनफिल्ड बुलेट इलेक्ट्रा स्टान्डर्ड ३५० सिसी | ३५० सिसी | ४,६७,००० |
रोयल इनफिल्ड बुलेट स्टान्डर्ड ३५० सिसी एबिएस | ३५० सिसी | ५,४०,००० |
रोयल इनफिल्ड बुलेट इलेक्ट्रा ३५० सिसी | ३५० सिसी | ५,६०,००० |
रोयल इनफिल्ड क्लासिक ३५० सिसी | ३५० सिसी | ५,१५,००० |
रोयल इनफिल्ड क्लासिक ३५० सिसी एबिएस | ३५० सिसी | ६,००,००० |
रोयल इनफिल्ड हिमालयन ४११ सिसी | ४११ सिसी | ८,९८,००० |
रोयल इनफिल्ड इन्टरसेप्टर ६५० सिसी | ६५० सिसी | १२,४९,००० |
रोयल इनफिल्ड क्लासिक सिग्नल्स ३५० सिसी एबिएस | ३५० सिसी | ५,९९,९९९ |