टिभिएस एनटर्कको परिर्माजित संस्करण आइतबार भर्चुअल कार्यक्रममार्फत सार्वजनिक हुँदैछ।
नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस एनटर्क रेस एडिसनको परिमार्जित संस्करण सार्वजनिक गर्ने भएको हो।
कम्पनीका अनुसार यसको आधिकारिक फेसबुकबाट साँझ ५ बजे यो स्कुटर सार्वजनिक गरिनेछ।
नेपाली बजारमा टिभिएस एनटर्क पहिलो पटक सन् १०२८ को फेब्रुअरीमा सार्वजनिक भएको हो। नेपाली बजारमा पहिलो पटक सार्वजनिक टिभिएस एनटर्कमा ब्लुटुथ भएको पुरा डिजिटल स्पिडोमिटर छ। जसमा नेभिगेसन असिस्टेन्ट, कलर आइडी, स्पिड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर र सर्भिस रिमाइन्डर लगायत विशेषताहरू छन्।
त्यस्तै यसमा इन्जिन किल स्विच, स्टिल्थ इन्स्पायर्ड स्टाइलिङ जस्ता विशेषताहरू छन्। यी विशेषता भएको टिभिएस एनटर्क नेपालकै पहिलो स्कुटर भएको कम्पनीले दाबी गरेको छ।
सन् २०२० सम्ममा एनटर्क नेपाली बजारमा १२५ सिसीको श्रेणीमध्ये सबैभन्दा धेरै बिक्री हुने स्कुटर बन्यो। छोटो समयमै टिभिएस एनटर्कले बजारमा लोकप्रियता कमाएको छ।
ग्राहकहरूको मागअनुरुप कम्पनीले एनटर्क रेसको परिमार्जित संस्करण सार्वजनिक गर्न लागेको बताएको छ। यसले 'बेस्ट इन पावरः पिक–अप, पावर, पर्फमेन्स बेटर देन एफआई' नारासँगै स्कुटर सार्वजनिक गर्न लागेको हो।
हाल बजारमा उपलब्ध एनटर्क रेसको सुरुवात मूल्य २ लाख ६५ हजार ९ सय तोकिएको छ। नयाँ संस्करणको रेसको मूल्य योभन्दा केही बढी हुने अनुमान लगाउन सकिन्छ।