सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियएसको आगामी अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन्।
चौधरी हाल नाडाको कार्य समितिमा उपाध्यक्ष छन्।
नाडा सातवटै प्रदेशमा विस्तार भइसकेको छ। सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाइ नाडालाई संस्थागत रुपमा दरिलो गरी अगाडि बढाउने उनको उद्देश्य रहेको बताएका छन्।
उनले सरकार र व्यवसायी दुवैको हितमा काम गर्ने सहज वातावरण बनाउने उद्देश्यमा उम्मेद्वारी दिएको नाडाले जनाएको छ।
नाडाको वर्तमान अध्यक्षमा कृष्णप्रसाद दुलाल छन्।