हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं तिहारको उपलक्ष्यमा ल्याएको ‘यसपालिको दसैं-तिहार वेलकम टु हुण्डाइ परिवार’ अफरको बम्पर विजेताहरूको नाम घोषणा गरेको छ।
अफर अनुरूप हरेक नयाँ हुन्डाइ गाडी किन्दा ग्राहकले आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा, स्क्रयाच कार्ड मार्फत् थप एक लाखसम्मको नगद छुट साथै यो समयमा स्वास्थकर्मीहरूको समर्पण र सेवालाई ध्यानमा राखी सम्मान स्वरूप विशेष प्याकेज र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत १/१ जना विजेतालाई हुन्डाइ ग्राण्ड आइ टेन एनआइओएस र हुन्डाइ औरा जित्ने मौका थियो।
‘यसपालिको दसैं-तिहार वेलकम टु हुन्डाइ परिवार’ अफरको विजेताको घोषणा हिमालय टेलिभिजनमा लाइभ लक्की ड्र मार्फत् गरिएको थियो। अफर अनुरुप पहिलो बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १४४५ मैतीदेवी काठमाडौंका श्री श्याम प्रसाद पौडेलले हुन्डाइ ग्राण्ड आइ टेन जितेका छन्।
त्यसैगरी अफरको दोश्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १६१७ भरतपुर चितवनका चेत नारायण सापकोटाले हुन्डाइ औरा जितेका छन्।
योजना २०७७ असोज ५ देखि मंसिर ५ गतेसम्म लागू गरिएको थियो।