सुन्दर यातायातले नेपालमै बिजुली गाडी उत्पादन गर्न ‘एसेम्बल प्लान्ट’को भौतिक निर्माण सुरु गरेको छ।
मंगलबारदेखि रुपन्देही जिल्लास्थित सैनामैना नगरपालिकामा भौतिक निर्माणको काम थालिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।
छ महिना भित्रमा भौतिक संरचना निर्माण गाडी उत्पादन गर्ने योजना रहेको अध्यक्ष थापाले बताए।
‘फेरि कोभिडले महामारीको रुप लिएन र सहजीकरण हुँदै गयो भने आगामी वैशाखमा हामी पाँचवटा गाडी बनाउँछौँ,’ उनले सेतोपाटीसँग भने।
भौतिक निर्माणका लागि २५ करोड लागत लाग्ने अनुमान गरिएको छ। जसका लागि एक चाइनिज कम्पनीले २६ लाखको प्रस्ताव गरेकाले छलफल भइरहेको थापाको भनाई छ।
यो पनि पढ्नुहोस्:
https://www.setopati.com/kinmel/automobiles/241668