नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलसले बुधबार रोयल इन्फिल्ड ब्रान्डले क्रुसियर सिरिजमा नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ।
इन्फिल्डको मिटियोर–३५० सिसी बाइक तीन भेरियन्टमा सार्वजनिक गरिएको हो। ती हुन्ः फाएर बल, स्टेलर र सुपरनोभा। फाएर बलको दुई, स्टेलरको तीन र सुभरनोपाको दुई रङमा उपलब्ध छन्।
मिटियोर–३५० सिसीमा जे सिरिजको एयर–आयल कुल्ड र एओएचसी इन्जिन रहेको छ। इन्धनको राम्रो कामका लागि इलेक्ट्रिक फ्युल इन्जेक्सन (इएफआइ) जडान गरिएको छ। बाइकको थप सुरक्षका लागि डुअल च्यानल एबिएस पनि राखिएको कम्पनीको भनाइ छ।
यो बाइकमा टर्न टु टर्न नेभिगेसनका लागि गुगलसँग सझेदारीमा ट्रिप्पर पोड बनाइएको छ। फोन चार्जका लागि युएसबी चार्जिङ पोर्ट पनि समावेश गरिएको छ।
बिएसभिआइ संस्करण अन्तर्गत क्रुसिएर सिरिजको उक्त बाइकमा कम्पन घटाउनको लागि ब्यालेन्सर साफ्ट पनि राखिएको छ।
मिटियोर–३५०सिसी अन्तर्गत फाएर बलको मूल्य ६ लाख, स्टेलरको मूल्य ६ लाख १७ हजार र सुपरनोभाको मुल्य ६ लाख ४५ हजार तोकिएको छ।
विवेक अटोमोवाइल्सले आफ्नो १९ वटै साखा तथा डिलरहरुमा बिहीबारदेखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिसकेको छ।