सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि यातायात व्यवस्था विभागले लिने लिखित परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ।
लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ ( वर्ग ‘क’, ‘ट’ (ए/के) मोटरसाइकल/स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार/जीप/डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो। यो कार्यविधि निर्देशिका २०७८ जेष्ठ १ गतेदेखि लागू भएको हो।
कोरोनाका कारण सरकारले हाल लाइसेन्स परीक्षा स्थगित छ। भदौ पहिलो सातादेखि ट्रायल सञ्चालनमा ल्याउने सरकारको तयारी छ। अब नयाँ पाठ्यक्रमका आधारमा लाइसेन्स परीक्षा लिइनेछ।
उक्त निर्देशिकाको दफा ५(२) बमोजिम वर्ग ‘क’/‘ट’ (ए/के) र वर्ग ‘ख’ (बी) को लागि लिइने लिखित परीक्षा प्रयोजनका लागि तयार गरिएको ५००/५०० वटा प्रश्नहरूको दुइटा प्रश्न संग्रह विभागले सार्वजनिक गरेको छ।
अगामी दिनमा वर्ग ‘क’/‘ट’ (ए/के) र वर्ग ‘ख’(बी) का लागि लिखित परीक्षा सञ्चालन गर्दा यिनै प्रश्न संग्रहबाट तोकिए बमोजिमका सबै विषय क्षेत्रबाट तोकिए बमोजिमको संख्यामा प्रश्नहरू रहने गरी प्रत्येक प्रश्नको ५ अंकका दरले २० वटा वस्तुगत प्रश्न चयन गरी प्रश्नपत्र तयार गर्नुपर्नेछ ।
विभागका अनुसार उल्लेखित प्रश्न पत्रमा संग्रहित प्रश्न समय सन्दर्भअनुसार संशोधन हुने सवारी ऐन तथा नियमावली, ट्राफिक नियम, विभागबाट जारी हुने नीति निर्देशन र सवारी साधनमा प्रयोग गरिने नयाँ नयाँ प्रविधिका आधारमा प्रश्नलाई वार्षिक रूपमा अद्यावधिक गरिने छ।
यस्तो छ प्रश्न र उत्तर सहितको नयाँ पाठ्यक्रम