भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढ्ने भएको छ। नेपालको लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक दुगर ब्रदर्स एन्ड सन्सले फेसबुकमा 'मनसुन अफर' सार्वजनिक गर्दै स्कुटरहरूको मूल्य बढ्ने खुलाएको हो।
कम्पनीले फेसबुक पोस्टमा लेखेको छ, 'मूल्य बढ्नु अगावै मौकाको फाइदा उठाउनुहोस!'
मनसुन अफरअन्तर्गत कुनै पनि भेस्पा वा अप्रिलिया स्कुटर खरिदमा ५ हजार नगद छुट, एक वर्ष सम्मको सडक दस्तुर छुट, निःशुल्क स्कुटरको कभर, रेनकोट र हेलमेट उपलब्ध गराउने बताएको छ। त्यस्तै कम्पनीले पुरानो स्कुटरसँग नयाँ साट्न पनि सजिलो एक्सचेन्ज सुविधा दिने बताएको छ।
कम्पनीकाअनुसार भदौ १ गतेदेखि लागु हुने गरी भेस्प र अप्रिलियाको हरेक मोडलमा मूल्य बढ्नेछ। तीन देखि चार हजारसम्मले मूल्य वृद्धि हुने सम्भावना छ।
हालको भेस्पा र अप्रिलिया स्कुटरको विभिन्न मूल्य तल सूचीमा दिइएको छ।
भेस्पाका विभिन्न मोडलको मूल्य यस प्रकारका छन्ः
मोडल | इन्जिन क्षमता | मूल्य |
भेस्पा नोटे | १२५ सिसी | २,६६,९४६ |
एलएक्स | १२५ सिसी | २,६६,९४६ |
भिएक्सएल | १२५ सिसी | ३,१६,९४६ |
भिएक्सएल | १५० सिसी | ३,५९,९४६ |
एसएक्सएल | १२५ सिसी | ३,३०,९४६ |
एसएक्सएल | १५० सिसी | ३,७५,९४६ |
एसएक्सएल म्याट | १२५ सिसी | ३,३२,९४६ |
एसएक्सएल म्याट | १५० सिसी | ३,७७,९४६ |
एलिगेन्ट | १५० सिसी | ३,९७,९४६ |
अप्रिलाको विभिन्न मोडलको मूल्यसूची यस प्रकारको छः
मोडल | इन्जिन क्षमता | मूल्य |
स्ट्रोम १२५ | १२५ सिसी | २,४६,९०० |
एसआर १२५ | १२५ सिसी | २,५३,९०० |
एसआर १५० | १५० सिसी | २,९३,९०० |
एसआर १५० रेस | १५० सिसी | ३,१६,९०० |
एसआरएक्स १६० बिएसभीआई | १६० सिसी | ४,०९,९०० |