बागमती प्रदेश सरकारले सवारी साधनको वार्षिक कर बढाएको छ।
आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐन सार्वजनिक गर्दै प्रदेश सरकारले कर बढाएको हो।
यसै पनि काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लामा दर्ता भएका निजी दुईपांग्रे र चारपांग्रेले वार्षिक रूपमा तिर्नुपर्ने कर अन्य प्रदेशका तुलनामा बढी नै छ।
सवारी साधन प्रयोगकर्ताले हरेक वर्ष यातायात कार्यालयमा कर बुझाउनुपर्ने हुन्छ।
प्रदेशअनुसार एउटै किसिमको सवारी करको दर फरक छ।
तल हामीले नयाँ ऐनअनुसार बागमती प्रदेशमा दर्ता भएका निजी सवारी साधनले तिर्नुपर्ने कर उल्लेख गरेका छौं।
हेर्नुस् अब कुन निजी सवारीको वर्षमा कति कर तिर्नुपर्छ?
मोटरसाइकल/स्कुटर | रूपैयाँमा |
१२५ सिसीसम्म | ३,००० |
१२६ सिसीदेखि १५० सिसीसम्म | ५,००० |
१५१ सिसीदेखि २२५ सिसीसम्म | ६,५०० |
२२६ सिसीदेखि ४०० सिसीसम्म | ११,००० |
४०१ सिसीदेखि ६५० सिसीसम्म | २०,००० |
६५१ सिसीदेखि माथि सबै | ३०,००० |
कार, जिप, भ्यान, माइक्रो बस | रूपैयाँ |
१००० सिसीसम्म | २२,००० |
१००० सिसीदेखि १५०० सिसिसम्म | २५,००० |
१५०० सिसीदेखि २००० सिसिसम्म | २७,००० |
२००० सिसीदेखि २५०० सिसिसम्म | ३७,००० |
२५०० सिसीदेखि ३००० सिसिसम्म | ५०,००० |
३००० सिसीदेखि ३५०० सिसीसम्म | ६०,००० |
३५०० सिसीभन्दा माथि सबै | ६५,००० |