हालै बजारमा रेनोको नयाँ कार 'काइगर' सार्वजनिक भएको छ। नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले काइगर एसयुभी सार्वजनिक गरेको हो। कम्पनीका अनुसार रेनोले नेपालमा छोटो समयमै राम्रो बजार पाएको छ।
९९९ सिसी क्षमता भएको काइगरमा १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन छ। यसले ७१ बिएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ। पाँच सिट भएको यो एसयुभीको स्पोर्टी आवरण आकर्षक रहेको कम्पनीको भनाइ छ।
काइगर तीन मोडमा चलाउन सकिन्छ- सामान्य, इको र स्पोर्ट मोड।
काइगर चार संस्करणमा उपलब्ध हुनेछ- आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेड।
त्यस्तै नेपाली बजारमा काइगर ६ विभिन्न रङमा पाइनेछ- निलो, रातो, खरानी, सिल्भर, सेतो र खैरो। यी गाडी एक रङ वा दुई मिश्रित रङमा (सिंगल र डुअल टोन) विकल्पमा उपलब्ध हुनेछ।
गाडीको सहजता र विभिन्न विशेषताका कारण काइगर किन्न इच्छुक ग्राहकमा विशेषगरी महिलाहरू बढेको कम्पनीले बताएको छ।
कम्पनीले काइगरको बजार मूल्य २८ लाख ४९ हजारदेखि ३७ लाख ६९ हजार रूपैयाँसम्म तोकेको छ।
यसबाहेक काइगरका विशेषताहरू यस्ता छन्ः
इन्जिन डिस्प्लेसमेन्टः ९९९ सिसी
इन्धन प्रकारः पेट्रोल
अधिकतम टर्क (एनएम@आरपिएम): १५२ @ २२००-४४०० आरपिएम
अधिकतम पावर (बिएचपी@आरपिएम): ९८.६३ @ ५००० आरपिएम
गियर बक्सः ५ स्पिड
इन्धन ट्यांकीः ४० लिटर
बुट स्पेस (डिक्कीः ४०५ लिटर
लम्बाइः ३३९१ एमएम
चौडाइः १७५० एमएम
उचाइः १६०५ एमएम
ह्विलबेसः २५०० एमएम
टायरः १६ इन्च अलोय ह्विल
ड्राइभ मोडः ३ (सामान्य, इको, स्पोर्ट)
सुरक्षाका लागिः एबिएस, इबिडी ब्रेक्रिङ प्रविधि, ४ वटा एयरब्याग
ब्रेकः अगाडि डिस्क, पछाडि ड्रम
अन्य विशेषताहरूः एलइडी हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, सी-आकारको एलइडी टेललाइट, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि, भ्वाइस रिकग्निसन प्रविधि, वायरलेस फोन चार्जर, अटो एसी आदि।
हेर्नुहोस् भिडिओः