टिभिएस मोटर कम्पनीको उत्पादन टिभिएस एनटर्क १२५ स्कुटर नेपाली बजारमा ५० हजार युनिट बिक्री भएको छ।
एनटर्क स्कुटरले सुरुआतको तीन वर्ष भित्रमा यो लक्ष्य हासिल गरेको कम्पनीले एक कार्यक्रमबीच जानकारी दिएको छ।
सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो। त्यसयता एनटर्कले आफ्नो स्थान सधैं अघि राखेको छ।
टिभिएस एनटर्क १२५ पाँच भेरिएन्ट डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन एफआइ र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ। यो म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड, मेटालिक निलो रंगमा पाइन्छ।