टेल्जी नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रीक स्कुटर हस्तान्तरण गरेको छ। टेल्जी इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारिक बिक्रेता योम मा इ नेपालले स्थापनाको एक वर्ष पूरा भएको अवसरमा केन्द्रलाई इलेक्ट्रीक स्कुटर दिएको हो।
गत वर्ष लकडाउनकाबीच नेपाली बजारमा आधिकारिक बिक्री सुरु गरेको कम्पनीले पहिलो वर्ष कोरोनाको महामारीबीच पनि लक्ष्य अनुरुप इलेक्ट्रिक स्कुटरको बिक्री गर्न सफल भएको बताएको छ।
‘हामीले सुरुआतदेखी नै आविष्कार केन्द्रसँग सहकार्य प्रयास गरिरहेका छौं, यसै क्रममा हामीले पहिलो वार्षिक उत्सवको अवसर पारेर टेल्जी लायन स्कुटर केन्द्रलाई दिएका छौं’ टेल्जी नेपालका निर्देशक संजिव शिल्पकारले भने।
उनका अनुसार अब आविष्कार केन्द्रले टेल्जी स्कुटरलाई अझै नेपाली भुगोल सुहाउँदो कसरी बनाउन सकिन्छ थप अनुसन्धान गर्नेछ।
टेल्जी नेपालले टेल्जी लियोपार्ड, लायन र टाइगर गरी तीन मोडलका इलेक्ट्रिक स्कुटर बिक्री गरिरहेको छ।
टेल्जी लियोपार्ड इलेक्ट्रीक स्कुटरको मूल्य २ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको छ।
एक पटकको फुल चार्जमा ८५ किलोमिटर यात्रा गर्न सकिने टेल्जी लायनको मूल्य १ लाख ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै टाइगरमा एक पटकको फुल चार्जमा ९५ किलोमिटर यात्रा गर्न सकिने टाइगर स्कुटरको मूल्य १ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जानकारी दिएको छ।
टेल्जीका स्कुटरहरुमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, अन्डर सिट स्पेसलगायतका फिचरहरु समावेश छ।
कम्पनीको पहिलो वार्षिक उत्सवको अवसरमा साउन महिना भरको लागि हरेक स्कुटरमा २० हजार नगद छुट दिने बताएको छ। त्यसैगरि ग्राहकले कुनै पनि ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग टेल्जीको नयाँ स्कुटर एक्सचेन्ज गर्न सक्नेछन्। हरेक एक्सचेन्जमा बजार मूल्यमा १५ हजार थप मूल्याङ्कन गर्ने कम्पनीले बताएको छ।