बजाज बाइकको मूल्य वृद्धि भएको छ। नेपालका आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले आइतबारदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो। यस वर्ष बजाज बाइकका मूल्यमा पटक–पटक मूल्य वृद्धि भइरहेको छ।
यस पटक कम्पनीले विभिन्न बाइकमा ४ हजारदेखि १६ हजारसम्मले मूल्यमा वृद्धि गरेको छ।
कम्पनले बजाजको प्लाटिना १०० को मूल्यमा ४ हजारले वृद्धि गर्दै नयाँ मूल्य १ लाख ८९ हजार ९ सय तोकेको छ। त्यस्तै डिस्कभर १२५ डिस्कको मूल्यमा ५ हजारले वृद्धि भएको छ। यसको मूल्य २ लाख १४ हजार ९ सय रुपैयाँ पुगेको छ।
बजाजको सबैभन्दा महंगो बाइक डोमिनार ४०० एबिएसको मूल्यमा १६ हजारले वृद्धि भएको हो। पहिले यसको मूल्य ५ लाख ८२ हजार ९ सय थियो। नयाँ मूल्य सूचीअनुसार यो बाइकको मूल्य ५ लाख ९८ हजार ९ सय पुगेको छ।
डोमिनार २२० एबिएसको मूल्य भने ५ लाख ७ हजार ९ सयबाट ५ लाख १८ हजार ९ सय पुगेको छ।
यी बाहेक बजाज बाइकको विभिन्न मोडलको नयाँ मूल्य सूची यस प्रकारको छः
मोडल | पुरानो मूल्य | नयाँ मूल्य सूची |
प्लाटिना १०० इएस | १,८५,९०० | १,८९,९०० |
डिस्कभर १२५ ड्रम | २,००,९०० | २,००,९०० |
डिस्कभर १२५ डिस्क | २,०९,९०० | २,१४,९०० |
डिस्कभर १२५ एसटी | २,२०,९०० | २,२५,९०० |
पल्सर १२५ डिस्क | २,३८,९०० | २,४४,९०० |
पल्सर१५० एसडी | २,६८,९०० | २,७४,९०० |
पल्सर १५० टिडी | २,८३,९०० | २,८९,९०० |
पल्सर १६० एनएस टिडी एबिएस | ३,०८,९०० | ३,१५,९०० |
पल्सर २२० एफ एबिएस | ३,५२,९०० | ३,५९,९०० |
पल्सर २०० एनएस एबिएस | ३,५५,९०० | ३,६१,९०० |
पल्सर २०० एनएस एफआई एबिएस | ३,८१,९०० | ३,८७,९०० |
एभेन्जर १६० स्ट्रिट एबिएस | ३,३६,९०० | ३,४३,९०० |
एभेन्जर २२० क्रुस | ३,५९,९०० | ३,६४,९०० |