महिन्द्रा एन्ड महिन्द्राले सोमबार नयाँ लोगो सार्वजनिक गरेको छ। यो नयाँ लोगो कम्पनीको सबै एसयुभीमा प्रयोग हुनेछ।
महिन्द्राको नयाँ लोगोले ‘एक्सप्लोर द इम्पोसिबल’ भन्ने भावलाई बुझाउँछ। अर्थात् असम्भवलाई अन्वेषण गर्नु। महिन्द्राको नयाँ लोगोलाई ‘ट्विन पिक्स’ लोगो पनि भनिएको छ। यसमा अङ्ग्रेजी अल्फाबेट ‘एम’ प्रयोग गरिएको छ। जुन हेर्दा निकै पृथक डिजाइनमा छ।
कम्पनीका अनुसार नयाँ लोगो पहिलोपटक महिन्द्रा एक्सयुभी ७०० मा प्रयोग हुनेछ। महिन्द्राको एसयुभी एक्सयुभी ७०० अर्को साता सार्वजनिक हुँदैछ।
त्यस्तै सन् २०२२ सम्ममा यो लोगो ८ सय २३ सहरमा रहेको १३ हजार सेल्स एन्ड सर्भिस सेन्टरमा राख्ने कम्पनीको योजना छ।
कम्पनीका अनुसार नयाँ लोगोले कम्पनीको नयाँ पहिचान दिलाउनेछ। जसअनुसार यसले नयाँ चुनौतिहरूको पनि सामना गर्ने बताइएको छ। ‘यो नयाँ लोगो मात्र होइन।
कम्पनीको लागि नयाँ उर्जाको सांकेतिक रूप समेत हो' कम्पनीका अटोमोटिभ डिभिजनतर्फका सिइओ विजय नक्राले भने।