बजाज पल्सर एभरेस्ट प्रिमियर लिग टि२० क्रिकेट प्रतियोगिताको टाइटल स्पन्सर भएको छ।
आगामी सेप्टेम्बर २५ मा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानबाट प्रतिस्पर्धा सुरू हुने बताइएको छ।
१४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरूको स्वामित्वमा रहेका फ्रेन्चाइजहरू विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्स सहभागी छन्।
बजाज पल्सर एभरेस्ट प्रिमियर लिग २०२१ मा शाहिद अफ्रिदी (पाकिस्तान), शोएब मलिक (पाकिस्तान), कार्लोस ब्रेथवेट (वेस्ट इन्डिज) हरुसामेल जस्ता स्टार खेलाडीहरू छन्।
‘हालैका वर्षहरुमा क्रिकेट नेपाली युवाहरुको जोश बनेको छ। त्यसैले हामी नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता इपिएलको लागि टाइटल स्पन्सर बन्ने निर्णय गरेका छौं,’ गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले भने।
उनले बजाज पल्सर नेपालमा खेलकुद विकासका लागि हरदम प्रतिबद्ध भएको बताए।