आगामी भदौ २५ गते होटल सोल्टी काठमाडौंमा हुने भनिएको नाडाको ४५ औं वार्षिक साधारण स्थगित भएको छ।
मंगलबार जारी विज्ञप्ती मार्फत् नाडाले साधारण सभा तथा निर्वाचन स्थगित भएको जानकारी दिएको हो।
साधारण सभा सञ्चालनका लागि नाडाले काठमाडौं जिल्ला प्रशासनसँग अनुमति मागेको थियो। तर प्रशासनले कोभिड १९ को संक्रमण दर अझ उच्च भएर तेश्रो लहरसमेत आउन सक्ने भन्दै सभा र सम्मेलन नगर्न भनेपछि स्थगित गरेको नाडाले बताएको छ।
साउन १५ गते बसेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको केन्द्रीय कार्य समितिको १३औँ बैठकले ४५ औँ वार्षिक साधारण सभा तथा २१ औँ निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो।