होन्डाले नयाँ एड्भेन्चर बाइक सार्वजनिक गर्ने भएको छ। कम्पनीले मंगलबार नयाँ बाइक अगस्ट १९ मा सार्वजनिक गर्ने घोषणा गरेको अटो हिन्दुस्तानले जनाएको छ। नयाँ एड्भेन्चरको नाम एनएक्स २०० हुनेसक्ने बताइएको छ।
नयाँ एड्भेन्चरको बाहिरी आवरण सिबी ५०० एक्सको आवरणबाट प्रेरित हुनेछ। यसको आवरण अग्रेसिभ र मास्कुलिन हुनेछ। यसमा पुरै डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर हुनेछ। सिट उचाईं सिबी ५०० को तुलनामा अग्लो हुनेछ।
बाइकमा इन्जिन कोपर्न र बिग्रनबाट बचाउन इन्जिन गार्ड पनि छ। त्यस्तै नयाँ एड्भेन्चरमा डिस्क ब्रेक हुने बताइएको छ। कच्ची र उबडखाबड बाटोलागि उपयुक्त हुने यो बाइकमा डुअल च्यानल एबिएस हुनेछ।
होन्डाले हालसम्म नयाँ एड्भेन्चर बाइकको सम्पूर्ण विशेषता सार्वजनिक गरेको छैन। तर यसमा १८४ सिसीको सिंगल सिलिन्डर, एयर–कुल्ड इन्जिन हुने अनुमान लगाइएको छ। जुन इन्जिन हर्नेट २.० मा जडित छ। सो इन्जिनले १७ एचपी पावर र १६ एनएमको टर्क जेनेरेट गर्छ।
होन्डाको नयाँ एड्भेन्चरको बजार मूल्य भारु २ लाख हुने अनुमान लगाइएको छ। यो बाइकले रोयल इन्फिल्डको हिमालयनसँग प्रतिस्पर्धा गर्नेछ।