केटिएम र हस्क्वर्ना बाइकको मूल्य बढेको छ।
नेपालका लागि केटिएम र हस्कभर्ना बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले विभिन्न मोडलका बाइकको मूल्यमा वृद्धि गरेको हो।
नयाँ मूल्य साउन १५ गतेदेखि लागू भएको छ।
नेपाली युवामाझ यी बाइकहरूको भिन्नै चर्चा छ। यसको विशेषता र बनावटले युवा पुस्तालाई लोभ्याएको छ।
नयाँ मूल्य सूचीअनुसार बाइकहरूको मूल्य निकै बढेको छ।
केटिएममा सबैभन्दा महँगो मोडलको बाइक ३९० एड्भेन्चरको मूल्य १० लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ। २५० एड्भेन्चरको मूल्य भने ८ लाख १८ हजार ९ सय तोकिएको छ।
२५० सिसी इन्जिन क्षमता भएको हस्कभर्ना स्वार्टपिलेनको मूल्य ५ लाख ८८ हजार ९ सयदेखि ६ लाख ५४ हजार ९ सय पुगेको छ।
त्यस्तै हस्कभर्ना भिटपिलेनको मूल्य भने यतिबेला ६ लाख ५४ हजार ९ सय पुगेको।
यीबाहेक केटिएमका बाइकको नयाँ मूल्यसूची यस प्रकारको छः
मोडल | सिसी | पुरानो मूल्य सूची | नयाँ मूल्य सूची |
केटिएम ड्युक | २०० एबिएस | ५,४४,९०० | ५,८४,९०० |
केटिएम ड्युक | २५० एबिएस | ६,७४,९०० | ७,२४,९०० |
केटिएम ड्युक | ३९० | ८,७९,९०० | ९,६९,९०० |
केटिएम आरसी | २०० | ६,१९,९०० | ६,५९,९०० |
केटिएम आरसी | ३९० | ८,४९,९०० | ९,४४,९०० |
एड्भेन्चर | ३९० | ९,९९,९०० | १०,८९,९०० |
एड्भेन्चर | २५० | ७,४९,९०० | ८,१९,९०० |
हस्क्वर्ना स्वार्टपिलेन | २५० | ५,८९,९०० | ६,५४,९०० |
हस्क्वर्ना भिटपिलेन | २५० | ५,८९,९०० | ६,५४,९०० |