बनेपामा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेको नयाँ शोरुम सञ्चालन हुने भएको छ।
नेपलाको लागि हाउजेको आधिकारिक विक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले बनेपास्थित संंगम मार्गमा नयाँ शोरुम खोल्ने भएको हो। नयाँ शोरुमको उद्घाटन आउँदो शुक्रबार हुँदैछ।
बनेपामा हाउजेको डिलरसिप हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपले पाएको छ। बनेपा वरिपरिका ग्राहकहरू लक्षित हाउजेको डिलर सुरु गरेको हन्ड्रेड मेम्बर्स इन्भेष्ट ग्रुपका सञ्चालक अर्विण श्रेष्ठ बताउँछन्।
उनका अनुसार सवारी बिक्री पछिका सेवाहरूलाई कम्पनीले प्राथमिकतामा राख्नेछ। चिनियाँ मोटरसाइकल कम्पनी हाउजेले नेपालमा राम्रो बजार पाएको कम्पनीका सेल्स एन्ड मार्केटिङ हेड प्रमिला खत्रीले बताइन्।
‘डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ,’ प्रमिलाले भनिन्।
बाइकमा भएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण चालकलाई लामो र उबडखाबड सडकमा समेत सहज यात्रा दिलाउने कम्पनीले दाबी गरेको छ।
यसको इन्जिन वारेन्टी २ वर्षको छ भने निःशुल्क सर्भिस ६ पटकसम्म उपलब्ध गराइनेछ। कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरू विस्तार गरिरहेको छ।
हाउजेको मुख्य शोरुम काठमाडौंस्थित कमलपोखरीमा छ। त्यस्तै यसको शोरुमहरू काठमाडौंस्थित टेकु, नयाँबजार, चाबहिल र उपत्यका बाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा छन्।