नेपाली बजारमा स्कोडा कुशाकको माग बढेको छ। स्कोडा कुशाक नेपाली अटो बजारमा दुई साताअघि सार्वजनिक भएको हो।
यसले बजारमा राम्रो स्थान पाएको नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले जानकारी दिएको छ।
बुधबार काठमाडौं लगायत देशभरका सोरुमबाट एकै दिन ७५ वटा स्कोडा कुशाक डेलिभरी दिएको इन्टरप्राइजेजको भनाइ छ।
कुशाक एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध छ। ड्राइभिङ सहज बनाउन यसमा धेरै वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएको छ।
कुशाक खरिदका लागि ग्राहकले ५.९९ प्रतिशत ब्याजदरमा ऋण पाउने छन्।
भेरियन्ट | मूल्य (नेपाली रुपैयाँ) |
एक्टिभ एमटी | ४९,९०,००० |
एम्बिसन एमटी | ५३,९०,००० |
एम्बिसन एटी | ५८,९०,००० |
स्टाइल एमटी | ६०,९०,००० |
स्टाइल एटी | ६५,९०,००० |