सुजुकीको एक्स्चेन्ज मेला सुरू भएको छ। आज सुरू भएको यो एक्स्चेन्ज मेला अर्को साताको शनिबार अर्थात् भदौको ५ गतेसम्म चल्नेछ।
नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भिजी अटोमोबाइल्स प्राली हो।
कम्पनीका अनुसार यो एक्स्चेन्ज मेला नेपालभर सुजुकीका शोरुमहरूमा लागू भएको छ। ग्राहकले आफ्नो पुरानो बाइक अथवा स्कुटरको मूल्यांकनको लागि नजिकैको शोरुममा जान सक्नेछन्।
सुजुकी एक्स्चेन्ज मेलामा कुनै पनि कम्पनीको पुरानो बाइक वा स्कुटर बेचेर नयाँ सुजुकीको बाइक वा स्कुटरसँग साट्न सकिन्छ। यसरी पुरानो बाइक र स्कुटर बेच्दा प्रचलित बजार मूल्यभन्दा १५ हजार थप मूल्यांकन हुनेछ।
नेपाली बजारमा सुजुकीका दुई पाङ्ग्रेको विभिन्न मोडलको मूल्य यस प्रकारको छः
मोडल | इन्जिन क्षमता | मूल्य |
जिक्सर एसएफ २५० मोटो जिपी (मोटरसाइकल) | २४९ | ५,०१,९०० |
जिक्सर एसएफ २५० (मोटरसाइकल) | २४९ | ४,९८,९०० |
जिक्सर २५० (मोटरसाइकल) | २४९ | ४,६५,९०० |
जिक्सर एसएफ १५० मोटो जिपी (मोटरसाइकल) | १५४.९ | ३,८१,९०० |
जिक्सर एसएफ १५० (मोटरसाइकल) | १५४.९ | ३,७९,९०० |
जिक्सर १५० (मोटरसाइकल) | १५४.९ | ३,२८,९०० |
इन्ट्रुडर (मोटरसाइकल) | १५४.९ | ३,२९,९०० |
जिक्सर डिटिडिडी (मोटरसाइकल) | १५४.९ | २,८३,९०० |
हयात इपी (मोटरसाइकल) | ११३ | १,८६,९०० |
बर्गमन (स्कुटर) | १२५ | २,३९,९०० |
एलइटिएस (स्कुटर) | ११३ | १,९५,९०० |
सुजुकी एक्सेस बिएस ६ (स्कुटर) | १२४ | २,५९,९०० |