फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोन मोटर्स २०७८ सालको दसैं अफर ल्याएको छ।
योजनाअन्तर्गत भ्यान भ्यु सीएस२ एल कन्दिा तिन महिनासम्म किस्ता तिर्नु नपर्ने, ८० प्रतिशतसम्म फाईनान्स, दुई लाख पचास हजार रुपैयाँसम्म छुट र १२ लाखको डाउनपेमेन्टमा गाडी दिने कम्पनीले जनाएको छ।
साथै १ वर्षको लागि निःशुल्क बिमा र १ वर्षको लागि निःशुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हाल १९ सिट क्षमताको भ्यान भ्यु सीएस२ एलमा यो छुट पाइनेछ।
पिकअप टुनल्यान्डको लागि पनि छिटै दसैं अफर आउने कम्पनीको भनाइ छ।