यतिबेला टिभिएसको नयाँ स्कुटर एनटर्क-१२५ आरटिएफआइले राम्रो बजार पाइरहेको छ। केही समयअघि मात्र सार्वजनिक यो नयाँ मोडल बिएस-६ मापदण्डमा आधारित छ। नयाँ एन्टर्क रेस एफआइ मात्र नभइ आरडिएफआइ हो। अर्थात् यसमा रेस ट्युन्ड फ्युल इन्जिन जडित छ।
कम्पनीका अनुसार आरटिएफआइको पिक-अप, पावर र पर्फर्मेन्समा सुधार गरेको छ।
नयाँ एनटर्क आरटिएफआइको बाहिरी आवरण स्पोर्टी छ। यसको फिनिसिङलाई कम्पनीले विशेष प्राथमिकता दिएको देखिन्छ।
यसको अगाडि भागमा ‘टी’ आकारको डिआरएल छ भने पछाडि एलइडी सिग्नेचर टेल ल्याम्प पाउन सकिन्छ।
१२४.४४ सिसी डिस्प्लेसमेन्ट भएको यो स्कुटरले ७००० आरपिएममा ६.९ किलोवाट पावर र ५५०० आरपिएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ। यो स्कुटर जम्मा ९.५ सेकेन्डमा ६० किलोमिटरको स्पlडमा गुड्न सक्छ। त्यस्तै यसको उच्च गति ९५ किलमिटर प्रति घण्टा छ।
स्कुटरमा १२ इन्चको ट्युबलेस अलोय ह्विल छ। यसको ग्राउन्ड क्लियरेन्स १५५ एमएम छ भने ह्विलबेस १२८५ एमएम। त्यस्तै यसमा पार्किङ ब्रेक पनि छ जसले गर्दा स्कुटर कतै ओरालो ठाउँमा पार्किङ गर्दै हुनुहुन्छ भने चिप्लिँदैन।
नयाँ एनटर्क-१२५ आरटिएफआइमा २० लिटरको स्टोरेज छ भने ५.८ लिटरको इन्धन ट्यांकी छ। यसको उचाइ ११६४ एमएम, लम्बाइ १८६१ एमएम र चौडाइ ७१० एमएम छ। स्कुटरको तौल एक सय १८ केजीको छ।
कम्पनीका अनुसार एनटर्क पहिलो भारतीय स्कुटर हो जसमा ब्लुटुथ कनेक्सन फिचर छ। एनटर्क-१२५ आरटिएफआइमा पूरै डिजिटल स्पिडोमिटर छ। यसमा स्कुटर चलाइरहेका बेला स्पिड, इन्धन कति छ भनेर लगायत हेर्न सकिन्छ।
योबाहेक यसमा न्याभिगेसन असिस्ट, कलर आइडी, लास्ट पार्क्ड लोकेसनलगायता विशेषता छन्। यसको लागि मोबाइल फोनमा ‘टिभिएस कनेक्ट एप’ प्रयोग गर्नुपर्ने हुन्छ।
टिभिएस एनटर्क-१२५ आरटिएफआइ रातो र पहेँलो गरेर दुई रङमा उपलब्ध छ।
नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्स हो। कम्पनीले यसको बजार मूल्य दुई लाख ७७ हजार नौ सय रूपैयाँ तोकेको छ।
टिभिएस एनटर्क रेस ट्युन्ड एफआइ सार्वजनिक भएसँगै टिभिएस एनटर्क-१२५ पाँच भेरियन्टमा उपलब्ध हुनेछः डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन (बिएस–६ एफआइ) र सुपरस्क्वाड एडिसन।